दफा १७
दरखास्त अस्वीकृत गर्न सक्ने
(१) दफा १६ बमोजिम आयोगले प्रकाशन: गरेको विज्ञापन बमोजिम कुनै उम्मेदवारले पेश गरेको दरखास्त. तोकिएको ढाँचा बमोजिम नभएको, रित नपुगेको वा आयोगले निर्धारण गरे बमोजिमको योग्यता नभएको देखिएमा आयोगले अन्तिम नतीजा प्रकाशन हुनुअघि जुनसुकै बखत त्यस्तो दरखास्त अस्वीकृत गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दरखास्तको ढाँचा नमिलेको वा रीत नपुगेको दरखास्त पेश गर्ने सम्बन्धित उम्मेदवारलाई आयोगले सो कराको सुचना दिनेछु र सम्बन्धित उम्मेदवारले दरखास्त बुझाउन तोकिएको म्याद समाप्त भएको सात दिनभित्र ढाँचा मिलाई वा रित पुग्याई ल्याएमा आयोगले त्यस्तो दरखास्त स्वीकृत गर्न सक्नेछ ।

(३) उपदफा (१) बमोजिम दरखास्त अस्वीकृत भएको कारण सहितको जानकारी त्यस्तो उम्मेदवारलाई दिई सोको सूचना आयोगले आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।